Logo

अर्थ

आउला त आज मौद्रिक नीति ?



नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्दैछ । बुधबार विहान राष्ट्र बैैंकको केन्द्रीय कार्यालय बालुवाटारमा सञ्चालक समितिको बैठक डाकिएको बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

निरौलाले मौद्रिक नीतिको सम्बन्धमा आफूलाई जानकारी नभएको भन्दै सञ्चालक समितिको बैठकपछि मात्रै यस बारेमा जानकारी दिन सकिने बताएका छन् । सोमबार मौद्रिक नीति ल्याउने तयारी भएको भएपनि शुद्धाशुद्धी हेर्नुपर्ने भएपछि सोमबार मौद्रिक नीति ल्याईएको थिएन ।

राष्ट्र बैंकको सञ्चालक समितिले मौद्रिक नीतिको मस्यौदालाई पारित गरेपछि मात्रै त्यो सार्वजनिक गरिन्छ । सुरुमा अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीतिको मस्यौदा ब्यवस्थापन समितिले पारित गरिसकेको छ। त्यो व्यवस्थापन समिति पछि सञ्चालक समितिमा जान लागेको हो । सञ्चालक समितिले विशेष कारणले स्वीकृत गरेको खण्डमा बुधबार नै मौद्रिक नीति आउने बताईएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार ०४:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।