Logo

अर्थ

अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गरिने



नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति बुधबार अपराह्न ४ बजे सार्वजनिक गर्ने भएको छ । बुधबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीतिको मस्यौदालाई स्वीकृत गरेको थियो ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अपराह्न ४ बजे लाजिम्पाट स्थित होटल र्याडिसनमा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिए । राष्ट्र बैंकको सञ्चालक समितिले मौद्रिक नीतिको मस्यौदालाई पारित गरेपछि बुधबार नै सार्वजनिक गर्ने तयारी गरिएको हो ।

सुरुमा अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीतिको मस्यौदा ब्यवस्थापन समितिले पारित गरिसकेको पछि त्यो सञ्चालक समितिमा पेश भएको हो । सञ्चालक समितिले स्वीकृत गरेपछि बुधबार नै मौद्रिक नीति ल्याउन लागिएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार ०६:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।