Logo

समाचार

खाल्डोमा गाडेको अवस्थामा बालिकाको शव भेटियो



बैतडीमा खाल्डोमा गाडेको अवस्थामा एक बालिकाको शव भेटिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडामा ८ वर्षीया बालिका कलावती सार्कीको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपक पातलीले दोगडाकेदार गाउँपालिका घर भई बुवासंगै दशरथचन्द नगरपालिकामा बस्दै आएकी सार्कीको शव बुधबार खाल्डोमा गाडेको अवस्थामा भेटिएको जानकारी दिए ।

उनी गत असार १८ गतेदेखि वेपत्ता थिईन्। गोठाला गएका स्थानीय महिलाले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालिकाको शव सडेको अवस्थामा भेटिएकाले अनुसन्धानमा कठिनाई भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार ०४:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।