Logo

प्रमुख समाचार

दुई लाख नगद सहित ९ जना जुवाडे पक्राउ



कैलालीको अत्तरियाबाट प्रहरीले झण्डै दुई लाख नगद सहित ९ जना जुवाडेलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा अत्तरियामा रहेको खप्तड होटल रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा नगद सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले दुई लाख ३१ हजार आठ सय ३० रुपैया सहित नौ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्बर ३ का ३५ वर्षीय डबल खड्का सोही ठाउँका ४२ वर्षीय लोकेन्द्र सिंह साउद , वडा नम्बर १ बस्ने ४० खड्का वर्षीय नवराज भट्ट, सोही स्थानका ४२ वर्षीय बेनु प्रसाद खरेल, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय सन्तोश चन्द, भीमदत्त नगरपालिका वडा नम्बर ३ कै २६ वर्षीय राम बहादुर सिंह, सोही स्थानका ३३ वर्षीय धिरेन्द्र बहादुर चन्द, ३२ वर्षीय सन्जु राना, कञ्चनपुरकै महाकाली नगरपालिका ५ का ३० वर्षीय रामदत्त जोशी रहेका छन् ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ बमोजिम कारवाहीका लागि हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार ११:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।