अभिनेत्री करिश्मा मानन्धरले विश्लेषक डा.सुरेन्द्र केसीलाई सामाजिक सञ्जालबाटै चेतावनी दिएकी छन् । करिश्माले आफ्नो श्रीमान बिनोद मानन्धरको ‘अपमान’ गरेको भन्दै केसीलाई सामाजिक संजाल फेसबुकबाटै खुला चेतावनी दिएकी हुन् ।
डा. सुरेन्द्र के.सी को भनाई प्रति आपत्ती जनाउंदै करिश्माले भनेकी छन् “डा. सुरेन्द्र के.सी विश्लेषक हो , बोलिरहनु हुन्छ , तर कहिलेकाही के बोल्नु हुन्छ के त्यो वाहाको बोलाइको आधारमा वहाको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो “
हालै एउटा अन्तरवार्तामा वाहाले भन्नू भयेको रहेछ कि सिनेमाका व्यक्तिहरुले आफ्नो व्यबहार र आचरणका कारण आफुलाइ निम्न स्तरमा पारेका छन र उदाहरण दिदा मेरो श्री मान बिनोद जी को नाम लिनुभएको रहेछ ।
“पोखरामा बिनोद जी ले वाहालाई देखेपछि आफै गएर भेट्नु भयो रे अनि म करिश्माको श्रीमान भन्नू भयो रे तेस्ले बिनोद जी ले आफ्नो इज्जत घटाउनु भयो रे “वाहाले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे एस्ता त छन अनि के इज्जत हुनु रे ( करिश्मा के.सीले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्न सक्छ भने बिनोदजीले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ? उनले प्रश्न गरिन् वाहाजस्तो व्यक्तित्वबाट मैले यो आसा गरेको थिइन ।
बिनोद जी ले आफ्नो परिचय दिदा करिश्माको श्री मान भनेको ले बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो डा. के सी ? जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहान्छ नि उस्ले आफ्नो श्रीमतीलाई रानी सरहको व्यबहार गर्छ । अनि जो मनिस तपाईंको आगाडी सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उस्को कमजोरी होइन त्यो उस्को बडप्पन हुन्छ ।
करिश्माले अगाडी भनिन् आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस । बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन । सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाले तपाईंले जस्तो आरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न । अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहदैनन। हामीले तपाईंको केही खाएको छैन । भन्दै केसी प्रति आक्रोस पोखिन् ।






















प्रतिक्रिया