Logo

राजनीति

पर्वको शुभकामना: राजनीतिक रङ्ग र कुण्ठा



साउने संक्रान्ति मनाएपछि बाँचियो, माघे संक्रान्ति अर्थात् माघी पर्व मनाएपछि मरिन्छ कि बाचिन्छ ? भन्ने किम्बदंती रहेको छ ।  किनकी आजकै दिनबाट हिउँद सकिएर बर्खायाम सँगै चैतमासको हावाहुरी सुरु हुने गर्दछ ।  बिस्तारै चिसो मौसम घट्दै जाने विश्वास रहेको पाइन्छ ।   

यसै पर्वको अवसरमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले सामजिक सञ्जालहरुमा शुभकामना व्यक्त गर्दै सरकार बिरुद्ध खुलेर बिरोध जनाएका छन् ।  

यसैबीच नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष्यद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सयुंक्त रुपमा बिज्ञप्ति जारी गर्दै माघी पर्वको शुभकामना व्यक्त गर्ने क्रममा नेपाली जनताको सामाजिक र राजनीति अधिकारमाथि सरकारले छुरा प्रहार गरेको बताएका छन् । 

बिज्ञप्तिमा, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न यस पर्वको अवसरमा आदिवासी जनजाति लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गरिएको छ ।

139102044_2858478624389647_1060416470639227178_o.jpg 

त्यस्तै, जनता समाजबादी पार्टी (जसपा) संघिय नेपालका अध्यक्ष्य तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीको आतंक प्रवृतिलाई परास्त गर्न शक्ति मिलोस भनेर व्यंग्य प्रहार गरेका छन् । 

बिहीबार सामजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा. भट्टराईले नेपाल र नेपाली सबैले मनाउने पर्व माघीको अवसरमा शुभकामना दिँदै अब आउने बर्षमा कलियुगसँगै भष्मासुरको रुपमा उदाईरहेको ओलीको प्रवृतिलाइ परास्त गर्ने शक्ति मिलोस् भन्दै कामना गरेका छन् । 

उनले लेखेका छन्, “नेपाल र छिमेकका प्राय: सबै जाति/समुदायले उत्साहसाथ मनाउने सांस्कृतिक पर्व माघी/माघे संक्रान्ति/मकर संक्रान्तिको उपलक्ष्यमा सबैमा सुखशान्ति र समृद्धिको हार्दिक शुभकामना । यस बर्ष कलियुगको भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् ! 

baburam.PNG

 

माघी पर्वकै शुभकामना दिने क्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले यो पर्व नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायले मनाउने हुँदा सवै क्षेत्रका नागरिकका बीचमा आपसी मेलमिलाप र सामाजिक–सांस्कृतिक एकता कायम गर्ने विश्वास लिएको बताएका छन् ।  

सामजिक सञ्जाल फेसबुकमा नेता पौडेलले लेखेका छन्, “माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दछु । यो पर्व नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायले मनाउने हुँदा सवै क्षेत्रका नागरिकका बीचमा आपसी मेलमिलाप र सामाजिक–सांस्कृतिक एकता कायम गर्ने विश्वास लिएको छु । साथै माघीकै दिनबाट सुरु हुने थारू समुदायको नयाँ वर्षको उपलक्ष्यमा पनि शुभकामना व्यक्त गर्दछु ।”

ramchandra.PNG

यसै पर्वका अवसरमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, कांग्रेस नेता गगन थापा, नेकपाका योगेश भट्टराई लगायत अन्य थुप्रै नेता तथा कार्यकताहरुले शुभकामना व्यक्त गरेका छन् ।  

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार १४:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।