बैतडीमा रहेको नेपाल टेलिकमको टावरमा शनिवार राती आगजनि भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ४ मठैराज बलालीमा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समुहद्धारा आगजनी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आगजनीबाट टावरमा रहेका तारहरु जलेका छन ।
टावरमा आगजनी भएपछि सो क्षेत्र सञ्चार बिहिन भएको छ । आगजनी कसले गरेको भन्ने बारे जानाकारी हुन नसकेकाले आगजनी गर्नेको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यसअघि साउन १५ गते राती पनि बैतडीको पुर्चौडी नगरपालिकाको वडा नं १ उचापात्थर कुँडीधारमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी र तोडफोड गरेको थियो ।
















प्रतिक्रिया