धेरै जसो बिबाद र कन्ट्रोभर्सी मा नफस्ने नाईका केकी अधिकारि अहिले भने आफ्नै सहकर्मी कलाकार हरुले उनको कार्यको गलत प्रतिक्रिया जनाएका छन भर्खरै मात्र मोडल तथा गाएक अर्जान पाण्डे को गीत घाटी भन्दा तल भन्ने गित को प्रचार गरेपछि भिभिन्न कलाकार हरुले उक्त गित को गलत अर्थ भन्दै नराम्रो प्रतिक्रिया जनाएका हुन् ।
नेपालि अभिनेत्री केकी अधिकारि ले महिला हिंसाको बिरोधमा सधै नै आवाज उठाउने अभिनेत्री भित्र पर्दछिन । त्यसैले पनि अभिनेत्री केकी अधिकारि लाइ धेरै ले प्रशंसा गर्दै आइरहेका छन् १ तर अहिले आएर भने अभिनेत्री केकी अधिकारि सानो गल्तीका कारण ठुलो लफडामा तानिएकी छिन ।
एक हप्ताअघि आर्जन पाण्डेले अभिनय गरेको गीत केकीले आफ्नो अफिसियल पेजमा शेयर गरेकी थिइन् । पाण्डे केकीका निकै नजिकका साथि ९वजारमा चलेअनुसार अघोषित प्रेमी० हुन् । उनले अभिनय गरेको गीत ‘घाँटी भन्दा तल त राम्री नै छे’ हो । सो गीतमा मोडल छिन्, केकीको नजिकका साथी रिमा विश्वकर्मा र आर्जन । रिमा पनि महिला हिंसाका विषयमा पटक–पटक आवाज उठाउने अभिनेत्रीमा पर्छिन् ।
गीत अहिलेपनि युट्युवमा पाइन्छ । रिमाले आफ्नो फेसबुकदेखि हटाएपनि केकी र आर्जनको फेसवुकमा भने यथावत छ । खासमा उक्त गीतका शव्दहरुले महिलालाई होच्याउने, र तल पार्न खोजेको भन्दै धेरैले महिलाको अपमान गरेकोले उक्त गीत तुरुन्तै हटाइनुपर्ने माग गरिरहेका छन् ।
सामाजिक सन्जालमा निकै विरोध भैरहेको छ ।गीतको विरोध गर्नेमा दर्शक मात्रै छैनन्, कलाकारहरु पनि छन् । गायिका आस्था राउत, संगीतकार चेतन सापकोटा, निर्मल शर्मा, दिपकराज गिरी, पत्रकार डब्बु क्षेत्री लगायत धेरैले गीतको चर्को विरोध गरेका छन्, केकी तथा रिमाको पनि उत्तिकै आलोचना भैरहेको छ ।
प्रतीक पौडेलको म्युजिकमा आर्जन आफैले स्वर दिएकोमा सामाजिक सन्जालमा चर्को आलोचना भैरहेपनि आर्जन, केकी, रीमा कसैले आफ्नो धारणा राखेका छैनन् । प्रतीक पौडेलको म्युजिकमा आर्जन आफैले स्वर दिएको उक्त गीत अहिलेसम्म १ लाख २७ हजारले हेरेका छन् । युट्युवमा आएका अधिकांश कमेन्टमा गालि मात्रै गरिएको छ । राम्रो प्रशंसा भेट्टाउन गाह्रै पर्छ ।





















प्रतिक्रिया