धादिङको त्रिशूली नदीमा शुक्रवार बिहानै यात्रुबाहक बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । तीनजनाको शव बिहानै फेला परेको थियो भने हराइरहेका मध्ये एक महिलाको शव मुग्लिनमा र अर्को जुगेडीमा भेटिएको हो ।
जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख नेत्रप्रकाश भट्टका अनुसार बस नदीबाट निकाल्नका लागि क्रेन मगाइएको छ । २१ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको बस बिहान सवा ३ बजे त्रिशूली नदीमा खसेको थियो ।
ना ६ ख ७४६९ नम्बरको बस धादिङको सल्यानघाटबाट त्रिशूलीमा खसेको थियो । धादिङका एसपी राजकुमार बैदवारले दिएको जानकारी अनुसार १४ जनाको उद्धार गरिएको छ ।
मलंगवाबाट ३७ जनाले टिकट काटेको पाइएको प्रहरी निरीक्षक भट्टले बताए । ३ जना चालक र सहयोगी गरी कम्तिमा ४० जना बसमा भएको अनुमान गरिएको छ । बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष राय दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमार दुई जना, मलङ्गवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दास तीन जना, ब्रहम्पुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियार चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह वकिल, अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतो तीन जना, भारतका लरकवाका रामबाबु यादव तीन जना, भारतका कुवारीका अजय ठाकुर दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा रहेका छन् ।
बस चालक लक्ष्मण जमरकट्टेल, सहचालक प्रमोद चौधरी, कन्डक्टर ऋषि उप्रेती बसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उद्धार गरिएका १६ को पहिचान भएको छ । पहिचान हुनेमा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् ।




















प्रतिक्रिया