आइतबारको संसद बैठकमा सांसदहरुले सरकारकै कमजोरीले परम्परागत कृषि पेशाका किसानहरु समेत पलायन भएको बताएका छन् ।
कृषि ततथा पश्ुपंक्षी विकास मन्त्री चक्रपाण्नी खनालले छलफलका लागि प्रस्तुत बिउबिजन संरक्षण विधेयक २०७५ माथि छलफलमा भाग लिँदै सांसद रेणुका गुरुङले सरकारको भ्रष्टाचारी चरित्रका कारण मौलिक कृषि पेशा अपनाइरहेका कृषकहरुले पलायन भएको बताएकी हुन् ।
भाग लिँदै सांसद गुरुङले भनिन्– ‘सरकारले किसानलाई अनुदान दिन भनी अर्बौं रुपैयाँ बजेट छुट्याइन्छ, तर किसानले समयमा बिऊ, मल र अनुदान पाउँदैनन्, बेजट कर्मचारी र भ्रष्टचारीकाे सञ्जालले खान्छन् र भ्रष्टाचारमै सिद्धाइन्छ्न् ।।’ ६६ प्रतिशत नागरिक कृषिमा आधारित रहेको बताउँदै उनले कृषीलाई उन्नत पेशाको रुपमा विकास गराउन सरकारले अनुदानलाई प्रभावकारी रुपमा वितरण र भ्रष्टाचारीलाई कडा कारवाही गर्नुपर्ने बताइन् । प्रधानमन्त्री अाधुनिक कृषी परियाेजनाप्रति असन्तुष्ट जनाइन् ।
आधुनिक बिउले मौलिक र परम्परागत बिउ लोप हुँदै गएको र आयातित बिऊबाट उत्पादित बालीमा फल नलाग्ने समस्या व्यापक बन्दै गएको भन्दै सांसद गौरीशंकर चौधरी, महेश्वरजंग गहतराजले व्यासायिक कृषि आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । कृषीमा अन्वेषण र अनुसन्धानकाे खाँचाे रहेकाे उनीहरुले मत राखे ।
नश्ल बिउबिजनको संरक्षण गर्ने आधार तयार पार्न सरकारको ध्यानाकर्षण गराए । युरिया मलबिना उत्पादन नै दिने बिउबिजनका कारण कृषी पेशाबाट नागरिक पलायन भएकाे उनीहरुले बताए । कृषि अनुसन्धान परिषद् (नार्क) भ्रष्टाचारको अखडा बनेको भन्दै यसलाई आमूल सुधार गर्नुपर्ने बताए ।





















प्रतिक्रिया