Logo

प्रमुख समाचार

३ लाख २६ हजार नगद घुस सहित सहायक वन अधिकृत अख्तियारको फन्दामा



सव–डिभिजन वन कार्यालय वीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार साँझ अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । डिसी तीन लाख २६ हजार नगद रकम घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन ।

विषेश सूचनाका आधारमा उनलाइ नियन्त्रणमा लिन सफल भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए । डिसी घुस सहित पक्राउ परेको उनले पुष्टि समेत गरेका हुन ।

‘ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसी पाँच लाख ४५ हजार रूपैयाँ बैंकमा हाल्न भनेछन् । ठेकेदारले पैसा हालिदिएको भेटियो ’ उनले भने ‘अरु पैसा निकालेर खर्च गरिसकेको रहेछ । हाम्रो टोलीले तीन लाख २६ हजार रूपैयाँ बरामद गरेको छ ।’

विष्टका अनुसार अख्तियारमा कार्यरत नेपाल प्रहरीको डिएसपीको नेतृत्वमा गएको टोलीले डिसीलाई डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँत्काँडाबाट नगद सहित नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान गर्नको लागि पक्राउ परेका डिसीलाई आइतबार राति नै महेन्द्रनगर लगिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार ०४:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।