आज साउन महिनाको अन्तिम सोमबार । साउन महिनाको सोमबार शिव मान्नेहरुको लागि विशेष बार मानिन्छ । शिव ब्रत मान्नेहरुले यो महिनाको हरेक सोमबार शिवाललय अर्थात शिवको मन्दिर गएर विशेष पूजाअर्चना गर्ने गर्दछन् ।
धार्मिक मान्यता अनुसार साउन सोमबार भगवान शिवको प्रिय महिना मानिन्छ । हिन्दू धर्मवलम्बी महिलाहरुको निम्ति साउन पूरै महिना विशेष महिनाको रुपमा लिने गरेको पाइन्छ । साउन शिवको प्रिय महिना र बार भएकाले साउने सोमबार व्रत बसे शिव प्रसन्न हुने र मनोकांक्षा पूरा हुने आध्यात्मिक विश्वास छ ।
विश्वासमा साउने सोमबारका दिन हिन्दु धर्मालम्बीले शिवको पूजाआज गर्नुका साथै व्रत बस्ने गर्दछन् । साउन महिना शिवको मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ । सोमबारका दिन त शिवालयहरुमा शिव लिंगको दर्शन गर्नाकै निम्ति निराहर महिलाहरु घण्टौं लाइनमा बस्ने गरिएको पाइन्छ । आजको अन्तिम सोमबारमा काठमाडौंको मुख्य शिव मन्दिर पशुपति नाथको मन्दिर शिव लिंग दर्शनको लागि बिहान ३ बजेदेखि नै दर्शनार्थीको भीड लागेको पशुपति नाथ विकस कोषले जनाएको छ । अहिलेसम्म पनि भक्तजनहरु लाइन बसिरहेका छन् ।
कतिपय भक्तहरु नाचगान र भजन गाएर रमाइरहेका पनि देखिन्थे । पण्डित्याँइ गर्नेहरुकाे पनि मन्दिर परिसरमा ठूलै लाम देखिन्थे ।

पुण्य मिल्ने विश्वासमा व्रतालुहरूले आफ्ना प्रिय शिव भगवानका महिमामा भजन गाउँदै नाचगान गरिरहेका छन् । पुरुषहरु पनि लाइनमा उल्लेख्य मात्रामा सहभागि भइरहेका देखिन्थे । भक्ताजनको व्यवस्थापनमा बाक्लो मात्रामा सुरक्षाकर्मी, स्वयम् सेवक खटिएका थिए । बोलबम मान्नेहरुको पनि बाक्लो संख्यामा पशुपतिनाथमा पुगेका थिए । उनीहरु साउन महिनाभर सकाहारी बन्छन् । खाली खुट्टा हिड्ने, बोजलबम अंकित कपडा लगाउने उनीहरुको विशेषता हो । उनीहरुलाई पशुपतिनाथ दर्शनका लागि भने छुट्टै लाइनको व्यवस्था गरिएको थियो ।
आजै देशभरका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वरलगायतका शिवालयहरुमा पनि सोमबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा साउनको अन्तिम सोमबार आज शिवभक्त र बोलबम मेला भर्नेहरुको घुईँचो लागेको छ ।

अनलाइपाना डटकमका फोटो पत्रकार प्रदीव वलीले काठमाडौंको मुख्य शिवालय पशुपतिनाथ पुगेर लिएको तस्बिरहरु हेरौ :




























प्रतिक्रिया