रक्षा बन्धन अर्थात जनै पूर्णिमाको दिन थियो । मुसुक्क हाँस्दै सुवोधले भन्यो । बहिनी रक्षा बन्धन छ ? अचम्म लाग्यो । प्रहरीको पोषाकमा हाँट बजारकोे राउण्ड डियुटीमा आएको रहेछ ऊ । मेरो आन्टीको घर त्यहि थियो । उस्ले कहिलेकाही आन्टीको घरमा आएर काम सहयोग गर्ने गरेको थियो । मेरो बोलचाल हुदैनथ्यो । किन भने प्रहरी भने पछि मेरो काकाले देख्न मन पराउथेनन् ।
मलाई तिनीहरु संग बोल्ने समय हुदैनथ्यो त्यो माथि काकाको कुरा । छोरी मान्छे त्यसमा पनि किशोरी । त्यस दिन उसैले सोधेको थियो । मलाई जनै लगाउने थाहा थियो । गाउ भरिको मान्छेलाई पण्डितले डोरो बाधिदिन्थे । हामी त्यो भन्दा बढि नजानेको । रंगीचंगी हातै भरि बाधिएका रक्षा बन्धनको रौनक त थाहा थियो ।तर आफ्ना दाजुभाई भन्दा फरक मान्छेलाई बाध्नु पर्छ भन्ने रक्षा बन्धन थाहा थिएन । अनुभवको हिसावले हामीले अरु मान्छेसंग ब्यबहार गरेका हुन्छौ ।
रक्षा बन्धन कै बेला त होइन । दिउसो करिव ४ बजे डियुटी आएको थियो सुवोध । बिहिबारको बजार । भिड त्यस्तै र पोषाकमा । म सहरमा पहिलो रक्षा बन्धन मनाउदै थिए । आन्टीको दुई जना छोराहरु थिए । तिनहिरुलाई विहानै रक्षा बन्धन बाधेर म बसीरहेको थिए । मैले उस्लाई राखी बाधिन ।
आन्टीको डरले । ऊसले शायद आन्टीसंग भनेको हुन पर्छ । ऊ कहिले भित्र, कहिले बाहिर गरिरह्यो । उस्ले भान्सामा गएर आन्टीसंग के भन्यो । आन्टीसंग के कुरा गरेको थियो थाहा भएन । मैले देखे उस्को आँखाहरु भरिएको थियो । दण्द्ध कालको समय थियो । मेरो उमेर १३ र १४ भन्दा बढि थिएन । मैले उस्को छट्पटि भने महशुस गरेको थिए । ”काकी मेरो पनि यिनी जत्रि नै बहिनी थिइन ।” बल्ल मैले ध्यान दिए, उस्ले के भन्न खोजीरहेको ।
उस्ले आफ्नो बहिनीको निकै गुणगान गायो । हुन त सबैका दाजुहरुलाई उस्को बहिनी त्यति नै प्यारो लागेको हुन्छ । उत्तिकै माया हुन्छ । समयले मान्छेलाईृ निकै नराम्ररी झाप्पड हानिदिन्छ । उस्ले आफ्नी बहिनीको बारेमा बतायो । तराई मुलको सुवोधको बहिनी बर्खाको समय जंगल गएको बेला सापले टोकेर मरेकी थिई भनेर भन्छन रे तर सुवोधले सापले टोकेको होइन् भन्छ । उस्लाई अझै उस्को बहिनी जिवितै भएको जस्तो लाग्छ ।
मेरो दाजु थिएन । दाजुको मायाको बारेमा महशुस गर्न पाएको थिएन । सुवोध २०÷२१ बर्ष भन्दा बढि उमेरको थिएन । उस्को परिपक्क बोली थियो । मैले बहिनी प्रतिको माया महशुस गरेको थिए । मैले उस्लाई हेरे । मधेसीहरु अर्थात मधेशमा बसेको मान्छेहरुले रक्षा बन्धनलाई कति मान्दो रहेछन् बुझ्ने मौका नि पाए । मैले उस्को आँखामा बहिनीको मायामा आँशुको पोखरी देखे । कस्ले भन्छ पुरुष मान्छे रुदैन भनेर ? । मैले पहिलो पटक केटा मान्छेको आँखामा आँशु देखे । केही समय पछि आन्टीले भान्सामा केही सामाग्री बनाउनु भयो । खाने कुरा ल्याउनु भयो । आन्टीलाई उस्को कुराले निकै प्रभाव पारेछ क्यारे ।
१० मिनेट सम्म हाट घुमेर सुवोध फेरि आयो । उसैको हातमा थियो राखी । मेरो लागि पनि, र उस्को लागि पनि । मेरो तर्फबाट आन्टीले नै राखी बनाइदिनु भयो । मैले सुवोधको हातमा राखी बाधे । उस्ले नि मेरो हातमा राखी बाधिदियो । मैले टिका लगाउदै गर्दा उस्को आँखामा आँशु बगिरहेको थियो । दक्षिणा दियो ।
मैले उपहार दिन पाइन । उस्ले हरेक बर्ष भेट्ने र जहाँबाट भए पनि रक्षा बन्धनको दिन आउने बाचा गरेको थियो । जीवनको सबै भन्दा मिठो पल हो भनेर भनेको थियो । आज १७ बर्ष भयो न उस्को र मेरो भेट भएको छ नत आज सम्म मलाई सम्झेर आएको छ । न कुनै सामाजिक संजालमा भेटे नत उस्ले कुनै खवर पठाको छ । मैले आज सम्म त्यो दिनको यादमा सुवोधको नाममा राखी किन्ने गरेको छु । सुवोधको आँखाको त्यो आशु मैले सम्झिएको छु । तर त्यो उस्को बाधा थियो । दिदी बहिनीको सम्बन्धमा देखाएको एउटा प्रेम थियो ।
मधेसी मुलको भए पनि तराई पहाडको दाजु बहिनीको सम्बन्ध कायम गरेको थियो । तर सुबोध आज उमेरमा ४० बर्ष पुग्यो होला तर आज सम्म ऊ फर्केर सम्झेको छैन । उस्को छोरा छोरी पनि त्यति बेला जन्मेको भए म त्यति बेलाको भन्दा ठूला भए होला । तर आज सम्म ऊस्ले मलाई सम्झेको छैन् ।
सुवोध जहाँ भए पनि मेरो रक्षा बन्धनको शुभकामना । जहिले पनि खुशी रहनु होला । साथै नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई मेरो शुभकामना । यो पर्वले हामीहरु बिचको आत्मियता र दाजु बहिनी बिचको सम्वन्धलाई सुमधुर बनाएर राखोस् ।
















प्रतिक्रिया