Logo

बागमती प्रदेश

प्रेमिकाको कोठामा मृत भेटिए प्रहरी जवान



एक जना प्रहरी जवान काठमाडौको स्वयम्भूमा मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत २६ वर्षीय प्रहरी जवान शंकर ठगुन्ना आइतबार राती उनकै प्रेमिकाको कोठामा मृत फेला परेका हुन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले प्रहरी जवान ठगुन्नाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए। उनले आइतबार राति करिब साढे १ बजे प्रहरी पुग्दा शंकरको शव खाटमा लडिरहेको अवस्थामा फेला परेको बताए ।

प्रहरीले सँगै बसेकी ठगुन्नाकी प्रेमिकालाई नियन्त्रणमा लिएको छ । उनीहरु केही बर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएको खुलेको छ। दार्चुला घर भएका जवान ठगुन्नाले प्रेमिकासँगको बिबादपछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनले झ्यालमा पर्दा टाँग्ने डोरीमा सलको पासो लगाइ आत्महत्या गरेको देखिएको डिएसपी सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार ०५:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।