Logo

प्रमुख समाचार

बालाजु औद्योगिक क्षेत्रमा आगलागी, एम्बुलेन्ससहित ४ वटा गाडी क्षतिग्रस्त



राजधानी काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा विहिबार बिहान साढे ११ बजे आगलागि भएको हो ।

आगलागीबाट ४ वटा नया गाडी र एउटा मोटरसाईकल पुर्णरुपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरी मर्मतको क्रममा रहेको शसस्त्र प्रहरी बलको एम्बुलेन्स पनि क्षतिग्रस्त भएको छ ।

प्राईम इन्टरटेक नेपालका कानुनी सल्लाहाकार सानु श्रेष्ठका अनुसार शसस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो । काठमाण्डौ महानगरपालिका र नेपाली सेनाका दमकलको आगो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार ०९:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।