Logo

राजनीति

रमेश लेखकका पिताको निधनप्रति कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त



नेपाली कांग्रेस संसदीय दलले पार्टीका पूर्वसचेतक एवं नेता रमेश लेखकका पिता प्रयागदत्त लेखकको निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्तिमार्फत स्व लेखकप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै उनको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

उनको यही भदौ ६ गते ८७ वर्षको उमेरमा निधन भएको थियो । स्व लेखकले कांग्रेसले आह्वान गरेका लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निभाएका थिए । उनको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आईतवार ०८:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।