मेगा बैंक नेपाल लि.ले नविनतम सुविधासहित ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ ।
ग्राहकहरुलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै उनीहरुका परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना संचालनमा ल्याएको बैंकले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
खाता खोल्नका लागि मौज्दात रकम १० हजार, २० हजार र ३० हजार रपैयाँ गरी तीन विकल्पहरु दिइएको छ । तीन फरक योजनाहरुमध्ये ग्राहकले आफूलाई उपयुक्त लाग्ने योजना छनौट गर्न सकिने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ । खातावाल तथा श्रीमान–श्रीमती लगायत दुई जना सन्तानका लागि यो खाता खोल्न सकिने पनि जनाएको छ ।
योजना प्राप्त ग्राहकका दुर्घटना मृत्यु बिमा, घातक रोग बिमा र उपचार खर्च समेत गरी एक परिवारका लागि नेको इन्स्योरेन्समा अधिकतम डेढ करोडसम्मको बिमा सुरक्षाको व्यवस्था गरिएको छ । खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्डमा ५० देखि शतप्रतिशतसम्म र क्रेडिट कार्डको शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
यो खाता मुख्यतः निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारी, स्वरोजगारमूलक व्यवसायी, विभिन्न पेशा व्यावसायमा आवद्ध व्यक्तित्वहरुलाई उपयुक्त हुने विश्वास बैंकले लिएको छ ।
यो रकम बाणिज्य बैंकहरुले प्रदान गर्दै आएको बीमा सुरक्षा रकममध्ये हालसम्मकै सर्वाधिक रकम भएको र यसले ग्राहकको मन जित्ने विश्वास बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेली व्यक्त गरेकी छन् ।
















प्रतिक्रिया