एनआईसी एशिया बैंक लि.ले आ.व. २०७५/०७६ को वोनश र नगद लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयर धनीलाई प्रति शेयर बोनस र नगद लाभांश घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीलाई वितरण गरिने विज्ञप्तिमा जनाइएको छ । शेयर लाभांशतर्फ प्रति शेयर रु १० (१०%) ले हुन आउने रकम ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० रुपैयाँ र नगद लाभांशतर्फ रु. ११.०५२६ (११.०५२६%) ले हुन आउने रकम रु. ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ रुपैया प्रदान गर्ने निर्णय भएको बैंकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
बैंकले गएको आ.व.मा प्रति शेयर आम्दानी रु. ३४.२२ र शेयर पुँजी तथा कोषमा प्रतिफल २२.७३ प्रतिशत आर्जन गर्न गरेको जानाकरी पनि सूचना अधिकारी पाण्डेले जनाएका छन् ।
मुलुकभर गरी बैंकको २ सय ९७ शाखा संचालन रहेको साथै ३ सय ४९ एटिएम बुथ, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ । मुलुककै सबैभन्दा ठूलो संख्यामा शाखा सञ्जाल गरिरहरेको बैंकको रुपमा बैंकले चिनारी दिइरहेको दाबी छ ।
बैंकसँग १८ लाख ग्राहक रहेको र प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० अर्ब ८ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको बैंकले जनाएको छ । मुलुकका सबै स्थानीय निकायहरुमा शाखा विस्तारको कार्यलाई जारी राखेको जनाइएको छ ।





















प्रतिक्रिया