मेगा बैंकले ‘क्वीक भुक्तानी’ सेवा शुरु गर्ने भएको छ । सो प्रयोजनका लागि सोमबार बैंकले एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लि.बीच सम्झौता भएको छ ।
सम्झौता अनुसार, मेगा बैंकले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउनेछ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ ।
‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ (Invoice Discounting) तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म Reverse Factoring Platform) युके एडको एक्सेस टू फाइनान्स कार्यक्रम (सक्षम)सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको बैंकले जानकारी दिएको छ ।
अब विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता अथवा सप्लायरहरु, क्रेता कम्पनीहरूले यस प्लाटफर्म प्रयोग गरी तुरुन्तै मेगा बैंकबाट भुक्तानी लिन सक्नेछन् । सप्लायरले क्रेता कम्पनीलाई सामान उपलब्ध गराइसकेपछि यो प्लाटफर्ममार्फत बिल बराबरको रकम तुरुन्तै बैंकबाट भुक्तानीको व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
बैंक, क्रेता कम्पनी र सप्लायरहरु एकैसाथ आवद्ध हुनसक्ने अनलाईन प्लाटफर्मबाट मेगा बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंले लिएको छ ।
















प्रतिक्रिया