नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक (आरबीबी)बीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली लागू गर्ने विषयमा सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सोमबार हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात ग्राहकले वास्तविक समयमा नै एक बैंकबाट अर्को बैंकको जुनसुकै खातामा रकम भुक्तानी गर्न सक्नेछन् भने पठाउने व्यक्तिले बैंकको कुनैपनि शाखामा एउटा निवेदन लेख दिएपछि अर्को बैंकको खातामा रकम जम्मा हुने वाणिज्य बैंकद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको सबै प्रदेशमा गरी २ सय ३६ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । चालु आ.व.२०७५/०७६ को चौथो त्रैयमाससम्म बैंकले १ खर्व ९० अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैंया कर्जा लगानी गरि ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा कमाएको छ ।
सम्झौता समारोहमा नेपाल राष्ट्र बैंकका निर्देशक आनन्द पौडेल, उपनिर्देशक टेकराज भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुख रिको स्थापितलगायतको उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया