Logo

अर्थ

डोल्पोबुद्धमा राष्ट्रिय वाणिज्य बैंककाे शाखा सञ्चालन



उच्च हिमाली क्षेत्रमा पर्ने डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिका– १ स्थित धोमा राष्ट्रिय वाणिज्य बै.क (आरबीबी)ले शाखा कार्यालय सञ्चालन गरेको छ ।

आइतबारबाट संचालनमा ल्याएको शाखाको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र सांसद जर्नादन शर्मा ‘प्रभाकर’ले एक कार्यक्रमबीच गरेका छन् ।

शाखा उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरी बित्तीय पहुँच पुर्याएकोमा खुशी व्यक्त गरे । यो शाखा आरबीबीको २३८ औं शाखा भएको बैंकले आइतबार जारी विज्ञप्तिमा जनाएको छ । २३७औं शाखा डोल्पाकै छार्काताङ्गसोङ्ग गाउँपालिका–४ छार्काताङ्गसोङ्गमा संचालनमा आएको छ ।

बैंकले गत आ.व. २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ भने यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५ः५० प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार ०९:५९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।