Logo

अचम्म

नचिनेको नम्बरबाट कल आउँदा …



बिहानको समय थियो एक्कासी मोबाइलमा घण्टी बज्यो, सधैँ विहान आलरम बजेपछि ब्युझने म त्यस दिन मोबाइलको घण्टीले सबेरै ब्युझिए । सुरुमा त आलरम होला भन्ने सोचेर निन्द्रामै साइड बटन थिचेर कोल्टे फेर्न लाग्दै गर्दा पुन: घण्टी बज्यो, यसो मोबाइल हेरेको नचिनेको नम्बर रहेछ, बिहान बिहानै नचिनेको नम्बरबाट कल आउँदा रिसिभ गरु कि नगरु भन्ने मनमा दुबिधा हुँदाहुँदै कल रिसिभ गरे ।

प्राय: घरपरिवार र आफन्तहरुको मात्र कल आइरहने मेरो मोबाइलमा एकाबिहानै अझ भनुम झिसमिसे उज्यालो भएको थियो होला सायद बाहिर, त्यतिबेला नयाँ नम्बरबाट फोन आउँदा थोरै मनमा शंका र डर पैदा हुँदै फोन उठाए, उताबाट आवाज आयो आत्तिदै  हेल्लो ! हेल्लो !! मैले मसिनो स्वरमा हेल्लो मात्र फर्काए, जवाफमा उनले भनिन् अझै निन्द्रामै हो कि क्या हो ? रिसाएझैँ अलि चर्को स्वरमा बोलिन् र भनिन्, म घरबाट निस्किसके छिटो आउ हिजो वेलुका भनेको ठाउँमा भनेर फोन काटिन् ।

म अलमलमा परे, सोचे कसले बिहान बिहानै मलाई उल्लु बनाइरहेको छ, यस्तै सोचेर मोबाइलमा फेसबुक चलाउदै थिए । यसपटक कल आएन, म्यासेज आयो, म्यासेजमा लेखिएको थियो, ओइ बादर म कुरिरहेको छु, कहाँ हो के छिटो आउ न, जाडो भैसक्यो मलाई, अहिले कसैले देख्यो भने डर लागिसक्योू । म दङ्ग परे, कसले मलाई फोन र म्यासेज गरेको होला, मेरो यस्तो भन्ने र मलाई यस्तो भन्ने त कोहीपनि थिएन यस्तै कुरा मनमा खेलाउदै थिए पुन: मोबाइलमा घण्टी बज्यो यसपाली फोन आएन मात्र मिस्कल, लगातार दुई तीन चोटी मिस्कल आएपछि मैले को रहेछ, किन रहेछ भन्ने सोचेर फोन गर्ने सोच बनाए ।

प्राय: मेरो मोबाइलमा व्यालेन्स कम नै हुने गर्थ्यो, किनकी सबैतिर अनलाइन कुरा भईरहने भएर होला मोबाइलबाट गरिने कलको त्यति चासो राख्दिन थिए । फोन गर्दै थिए, मोबाइलमा सधै जसो बज्ने कोरोनाबाट बच्ने उपाय भन्दा पनि उनै टेलिकमको युवतीको पुरानो आवाजमा तपाइसँग प्रयाप्त रकम नभएको उनले खुलासा गरिन् । उता बाट मिस्कल भन्दा नि छोटो रिङ्ग अर्थात् सेकेन्ड जस्तै छोटो लाग्ने मिस्कल एकोहोरो आएको आइ गरेको छ । कोरोना महामारीबाट बच्न भन्दै मोबाइलमा मोबाइल बैङ्किङ्ग चलाउने गरेको यहीबेला काम आयो जस्तो लाग्यो र फटाफट मोबाइलमा १०० को ट्रान्सफर गरे ।

यतिबेला सम्म मेरो मोबाइलमा लगभग बिस ओटा जति मिस्कल भैसकेको थियो । कल गरे, रिसिभ भएन, फेरी गरे रिसिभ भएन, आफैलाई रिस उठ्यो, र मनमनै सोचे, अघिसम्म एकोहोरो मिस्कल गरिरहने अनि कल गर्दा रिसिभ नगर्ने ? बिहान बिहानै कल गरेर अनेक भनेर अरुलाई डिस्ट्रब गर्ने अनि मैले कल गर्दा यस्तो ? अब अन्तिम कल गर्छु अनि रिसिभ भएन भने कहिले गर्दिन भनेर सोचेको यसपटक रिसिभ गरिन । मैले सोधे हेल्लो हजुर, को बोल्नु भएको होला रु यस्तै सोधे उताबाट आबाज आयो खुस्क्यो कि के हो हजुर नम्बर हेरे भैगो नि को हो भनेर धेरै नाटक गर्नु पर्दैन भन्दै अझै मलाई नै भन्दै थिइन् । मैले भने नम्बर मैले हैन हजुरले हेर्नु त एकपटक कसलाई कल गर्नु भएको कसलाई म्यासेज गरेर भन्नु भएको रु उनले भनिन्,ल ल भयो धेरै नाटक नपार कहाँ आइपुगेउ आऊ छिटो भनिन्, हरे शिब ! के आपत आइलाग्यो नि मलाई भन्दै, म हजुरले भनेको मान्छे होइन, म हजुरलाई चिन्दिन सायद हजुरले गलत नम्बरमा कल गर्नु भयो होला भने ।

बोल्दाबोल्दै फोन काटियो, फेरी कल गर्न खोजे, उनै टेलिकमको युवतीले मसिनो स्वरमा भनिन् तपाइले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्वीच अफ गरिएको छ । खै ! के भयो त्यसपछि कल आएन, कहाँ गैईन होला उनी, उनलाई लिन आउछु भनेर कुराएको मान्छे आयो कि आएन होला रु यस्तै सोच्दै म खाना बनाउदै थिए । पुन: कल आयो उही नम्बरबाट यसपटक फरक स्वर आयो, एकछिन अघिसम्म युवतीले कल गरेको, बोलेको नम्बरमा एक युवकको अवाजमा सरी है ब्रदर, मायाले मलाई भनेर आफुलाई कल, म्यासेज गरेको रहिछिन् । आफुले नराम्रो नासोच्दिम है भन्दै फोन काटियो । अब भने मलाई आनन्द महसुस भयो र बिहान बिहानैको निन्द्रा सम्झे अनि सम्झे मोबाइलबाट कल गर्दा खर्च भएको दश रुपैँयालाई । आजभोली कतै नयाँ नम्बरबाट कल आयो कि दश चोटी सोच्ने गर्छु, कतै कसैले गलत नम्बर डायल गर्दा परेको त छैन मेरै नम्बरमा ?   

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार १४:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।