Logo

अर्थ

लुब्रि–एक्स सार्वजनिक



पेट्रोनसले नेपाली बजारका लागि इन्जिन अायल लुब्रि–एक्स (LUBRI-X) सार्वजनिक गरेको छ । सब–ब्रान्डको इन्जिन तथा ट्रान्समिसन आयल हालै राजधानीमा एक कार्यक्रममाझ सार्वजनिक गरेको हो ।

कार्यक्रममा पेट्रोनस लुब्रिकेन्टका एसिया प्यासिफक रिजनल हेड रुस्लान हालिम बिन इस्लाउद्दिन र सोनालिका ट्रयाक्टरको उत्पादक इन्टरनेसनल ट्रयाक्टर्स लि.का इन्टरनेसनल सर्भिस एन्ड स्पेयर्स हेड तारक मन्नाले सो आयल सार्वजनिक गरेका हुन् ।

सोनालिका ट्रयाक्टरमा प्रयोग गरिने लुब्रि–एक्स इन्जिन तथा ट्रान्समिसन आयलले इन्जिन डिपोजिटलाई नियन्त्रण गर्नुृका साथै इन्जिनको आयु बढाउन सहयोग गर्ने दाबी आयोजकले गरेको छ । अक्टोबर देखि डिसेम्बर सम्म ३ महिनासम्म ६ किलोलिटर वा सो भन्दा बढी आयल बिक्री गर्ने डिलरलाई ३ रात र ४ दिनको दुबई भ्रमणको अफर समेत सोही कार्यक्रममा सार्वजनिक गरिएको छ ।

यो इन्जिन आयल विन्टर धमाका नामक अफरअनुरुप १, ८.५ र १० लिटर तथा ट्रान्समिसन आयल १, ५ र २० लिटर प्याकमा उपलब्ध रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार ०८:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।