नेपाल टेलिकमले ‘डाटा रोमिङ प्याक’ योजना ल्याएको छ । यो प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारको रहेको टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यद्वारा आइतबार जारी प्रेस विज्ञिप्तमा जनाएकी छन् ।
यो सुविधा प्रयोग गर्न ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्ने र यसको लागू यही कात्तिक १ गतेबाट लागू भएको विज्ञप्तिमा जनाइएको छ । अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको हो ।
दैनिक प्याकअन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा १०० एमबी, साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी ५ सय ५५ रुपैयाँमा ५०० एमबी र मासिक प्याकमा भने २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपैयाँमा १ जीबी डाटा उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ ।
प्याक लिन प्रिपेड सिमका ग्राहकहरुले आफ्नो मोबाइलबाट *1415# डायल गरी Nepal Telecom मोबाइल एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्ने जनाएको छ । पोष्टपेड मोबाइल ग्राहकहरुले यो सेवा हालका लागि ग्राहक सेवा केन्द्रबाट सुचारु गर्नु पर्नेछ । खरिद गरेकै समयदेखि उपरोक्त प्याकको मान्यता अवधि गणना हुने भएकाले ग्राहकहरुको सहजताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत पुगी त्यहाँका स्थानीय नेटवर्कमा रजिष्टर्ड (Latch) भइसकेपछि मात्र रोजाइका प्याकहरु Nepal Telecom App मार्फत अर्थातf USSD Code *1415# डायल गरी खरिद गरेमा प्याकको पूर्ण सदुपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
एसएमएस विधिमार्फत प्याकहरु खरिद गर्न दैनिक, साप्ताहिक र मासिक प्याकहरु खरिद गर्न क्रमशः INDRM1D, INDRM7D र INDRM28D लेखी १४१५ मा एसएमएस पठाउनुपर्ने छ । कम्पनीले गत भाद्र २० देखि नै भारतमा डाटा रोमिङ सेवा उपलब्ध गराइरहेको छ । प्याकअन्तर्गतका सबै सेवा करसहित रहेको जनाएको छ ।





















प्रतिक्रिया