मंसिर १३ गतेबाट देशभर प्रदर्शनमा आउने लागेको नेपाली कथानक चलचित्र ‘मखमली मखमली’ को “फुल झैं फुलेको मेरो जिन्दगी“ गित सार्बजनिक गरिएको छ ।
गीतकार सावित्रा चिलवालको शब्द तथा संगीत रहेको गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् ।
फिल्ममा जयकिशन र शुभेच्छासँगै सारदा गिरी (कालीबुढी), परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोलसहितको अभिनय छ ।
बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, विनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको फिल्म राजु गिरीले निर्देशन गरेका हुन् ।





















प्रतिक्रिया