माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा ‘कर्पोरेट सुपर सिक्सेस सिजन–६’ (Corporate Super Sixes “Season- 6”) को आयोजना हुने भएको छ । मंगलबार काठमाडौमा एक पत्रकार सम्मेलन गरेर सोबारे बैंकले दिएको छ ।
‘कर्पोरेट सुपर सिक्सेस सिजन–६’ को मुख्य प्रायोजक बैंक रहने गरी बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटी हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार यो वर्ष ‘छापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सुजन–६ टुर्नामेन्ट’ रहने बैंकद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
पत्रकार सम्मेलनमा बैंक सीईओ शर्माले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचीलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
हाल माछापुच्छ«्रे बैंक ले देशैभर गरी १ सय ४१ वटा शाखामार्फत र १ सय ३० शाखारहित बैकिङ्ग सेवा प्रवाह गरिरहेको र १ सय ६३ वटा एटीएम बुथ संचालन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।





















प्रतिक्रिया