Logo

मनोरञ्जन

शिरिष र प्रियाबाट ‘लभर ब्वाई’ (भिडियोसहित)



पप गायन क्षेत्रका उदयीमान गायक समिर लिम्बुको आवाजमा ‘लभर ब्वाई’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

प्रेम र बिछोडलाई गीतमा सर्वोकृष्ट रुपमा यक्त गर्न खोजिएको छ । जीवनमा आइपर्ने विभिन्न चोटबाट विचलित भएको कुरा आफनो आवाजमार्फत आफनी प्रेमिकालाई ब्यक्त गरेका छन् ।

प्रेमिकाको सम्झनामा रातदिन विताउने गरेको कुरा गीतमा समेटिएको छ । रमेश रसाइलीको शब्द तथा कमल रसाइलीको संगीत गीतमा रहेको छ ।

अजुनकुमार सुनारको छायाँकन, प्रेम कुमार थारुको सम्पादन तथा शिरिष थापाको निर्देशन भिडियोमा रहेको छ । ‘लभर ब्वाई’ गीतको भिडियोमा शिरिष थापा र प्रिया लिम्बुको फिचरिङ रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार ०७:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।