Logo

समाचार

मदिराले लठ्ठ एकजनाको छतबाट खसेर मृत्यु



कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पाँच तले होटलको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । महेन्द्रनगरको पुष्पाञ्जली होटलको पाचौँ तलाबाट खसेर भीमदत्त नगरपालिका वडा नम्बर ४ भासीका २२ वर्षीय अजय चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

साथीहरुसंग मदिरा सेवन गरेका चौधरीको पाँच तलाबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिए । चौधरीको सोमबार साँझ मृत्यु भएको हो । उनको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक चन्दले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलवार ०४:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।