Logo

समाचार

फलोअप: फर्जी कागजले खाताबाटै चोरी हुन्छ सर्वसाधारणको सम्पत्ति, पहिलो नम्बरमा ‘एनआईसी एसिया’



सर्वसाधारणले बैंकमाथि ढुक्कले विश्वास गरेका हुन्छन् । जसका कारण आफ्नो जीवन भरको कमाई बैंकमै जम्मा गर्छन् । तर, पछिल्लो समय ति विश्वास गरेका बैंकहरुले सर्वसाधारणको आँखामा छारो हाल्ने गरेको खुलेको छ । सर्वसाधारणको विश्वासमाथि खेलवाड गर्ने ति बैंकहरुले फर्जी कागज बनाएर कर्मचारी र गिरोहको मिलेमतोमा सर्वसाधारणलाई लुट्ने गरेका छन् ।

जसमा सबै भन्दा अग्रस्थानमा एनआईसी एसिया बैंक रहेको छ । एनआईसीले सर्वसाधारणको आँखामा छारो हालेर करोडौं लुट्ने गरेको छ । प्रहरीले गरेको एक अनुसन्धानबाट यो कुरा खुलेको हो । मुलुकको सबैभन्दा विकाशित एबं शिक्षित मानिसहरु बस्ने शहर एबं संधीय राजधानीमा समेत कर्मचारी र गिरोहले १९ वटा बैंकको लाखौ रुपैया चोरी गरेको खुलेको हो ।

प्रहरीले यसरी चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा अञ्जान बराल, गोविन्द घिमिरे र विभिन्न बैंकका चार जना कर्मचारी रहेका छन् ।

गिरोहले फर्जी कागज बनाएर खोलिएका खाता र एटीएम कार्डमार्फत एनआईसी एसिया बैंक, जनता बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ बैंक लगायत १९ वटा बैंकका शाखाबाट पैसा चोरी गर्दै आएको थियो । यसरी रकम चोरीएका बैंकहरु एनआईसी एसिया, माछापुच्छ्रे, जनता र मुक्तिनाथ लगायत बैंकका प्रमुख कार्यकारी अधिकृतसहितका कर्मचारीलाइ मंगलबार प्रहरी परिसर टुेकमा बोलाएर केही जानकारी गराएको छ भने चेतावनी सहित सचेत रहन आग्रह समेत गरेको छ ।

प्रहरीका अनुसार फर्जी कागजबाट बनाइएका चेक र एटीएमबाट १९ लाख ९९ हजार रुपैया झिकिएको छ । अन्य बैंकबाट चोरिएको तथा फर्जी कागजबारे अनुसन्धान भइरहेको छ ।

एनआईसीको मात्र सय थान एटिएम

नेपालका बैंकहरुको तुलनामा सुरक्षा व्यवस्था समेत कमजोर रहेको सबैलाई जानकारी भएकै कुरा हो । आफुलाई जोगाउन र अन्य बैंकको तुलनामा बलियो देखाउन एनआईसीले विभिन्न योजनाहरु सार्वजनिक गर्यो ।

साथै मिडियाले राम्रो कुरा मात्र बाहिर ल्याईदिउन भनेर करोडौंको विज्ञापन समेत बाँड्यो । तर, प्रहरीको नजरबाट एनआईसी बच्न सकेन । पछिल्लो समय फेक एकाउण्ट, एटिएम कार्ड र चेकबुक मार्फत चोरी गर्ने समुहको पहिलो नम्बरमा एनआईसी एसिया पर्न गयो ।

प्रहरीले छानबिनको क्रममा एनआईसीका मात्रै सय थान बढि एटिम कार्ड बरामद गरेको छ । सर्वसाधारणले दुःखले कमाएको सम्पत्ति ढुक्कले लुट्न पल्केको एनआईसीले अनलाईन मार्फत बैंक खाता खोलेका सर्वसाधारणको विवरण प्रयोग गरेको हुनसक्ने अनुमान गरिएको छ।

हरेक समय बजारले समेत एनआईसीको गल्ति देखाई राख्दापनि आफ्नो गल्ति सुधार गर्न सकेन । सधै जनताको सम्पत्ति कसरी लुट्ने भन्नेमा मात्र उसको ध्यान गयो । र नयाँ ट्रिक लगाएर अनलाईन सिस्टमबाट खाता खोल्ने व्यवस्था गरेर मालिक र कर्मचारीलाई अकुत सम्पत्ति कमाउने आधार मात्र तयार गर्न एनआईसी लागि परेको पाईन्छ । योभन्दा पहिले पनि एनआईसीले थुप्रै बद्मासी गरेको छ । हामीले विभिन्न समयमा यसका फ्लोअप समेत लेख्दै आएका छौ

यो पनि पढ्नुहोस् 

फलोअप: श्रम शोषणमा एनआईशी एशिया बैंक ‘नम्बर वान’

एनआइशी एशियाको बदमाशी : राष्ट्र बैंकका हाकिमले सीईओ न्यौपानेलाई ‘झपारे’

एनआईशी एशिया बैंक डुब्दै, हेर्नुस् कति बढ्यो खराब कर्जा ?

उच्च सुरक्षा जोखिममा एनआइसी एसिया बैंक, ‘जुनसुकै बेला पनि जे पनि हुन सक्छ’

एनआइसी एशिया बैंक जोखिममा, अर्बौ लगानी यसरी डुब्दैछ

‘गोबर गणेश’ सीईओलाई सरकारको पदक !

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार ०३:०२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।