सांगीतिक क्षेत्रमा नयाँ नयाँ श्रृजनाहरु आउने श्रृंखला चलिरहेको बेला रमेश बाबुले ‘एउटा कुरा सोधौं’ भिडियोसहित गीत बजारमा ल्याएका छन् ।
गायक अनमोल प्रकाश र गायिका दीपा लामाको स्वरमा यो गीतको भिडियो सार्वजनिक भएको हो । बहु प्रतिभाका धनी रमेश बाबुले लेखेका प्रेमिल शब्दहरुमा बिशाल निरौलाले संगीत गरेका छन् ।
भिडियोमा रमेश बाबु र श्रृजना जि.सी. सशक्त अभिनय रहेको छ । भिडियोमा राहुल बराईलीको निर्देशनमा बासु न्यौपानेको छायाँकन रहेको छ । त्यस्तै बिरबहादुर लामाको कोरियोग्राफी र मिलन बुढाको सम्पादन भिडियोमा छ ।





















प्रतिक्रिया