Logo

अर्थ

उखुको मूल्य निर्धारण, किसानले पहिलेकै बाँकी पैसा पाएनन्



कञ्चनपुरमा रहेको महाकाली चिनी मिलले उखुको मूल्य निर्धारण गरेको छ ।

चिनी मिल सञ्चालक र ऊखु उत्पादक किसान हक, हित संरक्षण समितिबीच ऊखुको मूल्य निर्धारण गरिएको हो ।

सहमतिअनुसार अर्लि जातको उखुको मूल्यप्रति क्वीन्टल रु ४४०, सामान्य ऊखुको मूल्यप्रति क्वीन्टल रू ४१६ र कमसल खालको उखुको मूल्यप्रति क्वीन्टल चार सय रुपैयाँ तोक्ने सहमति भएको चिनी मिलका अध्यक्ष राजेश्वर शाहले बताए ।

चिनी मिलले मंगलबारदेखि उखु संकलनसँगै कोडका आधारमा तौल गर्ने कार्य समेत शुरु गरेको छ । ऊखु किसानले अनुदानको पूरै रकम भने पाउन सकेका छैनन् । उखु किसानसँग गरेको सहमति अनुसार रु ६५ प्रति क्वीन्टल दिने भनिए पनि किसानले मूल्यको ३० प्रतिशत मूल्य अझै पाएका छैनन् ।

किसानसँग गरेको सहमतिको रु २३ करोडको मूल्यमा हालसम्म सरकारले १६ करोड रुपैयाँ उपलब्ध गराए पनि अझै सात करोड तीन लाख दिन बाँकी रहेको संयोजक विष्टले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ०७:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।