Logo

अर्थ

पहिलो चौमासिकमा सामान्यको खर्च ३२ प्रतिशत मात्रै



मंसिर १७,२०७६ काठमाडौं ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा ३२.१९ प्रतिशत खर्च गरेको पाइएको छ ।

मन्त्रालयले मंगलबार चौमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या सामधान समितिको बैठकमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले चालुतर्फ ४०.३१ र पूँजीगततर्फ ३०.०६ प्रतिशत खर्च भएको जानकारी दिए ।

मन्त्रालयले चौमासिकमा कूल रु सात अर्ब १७ करोड १२ लाखमध्ये रु दुई अर्ब ३० करोड ८४ लाख खर्च भएको छ । चालूतर्फ एक अर्ब ४९ करोड पाँच लाखमध्ये रु ६० करोड आठ लाखमात्र खर्च भएको छ ।

यस्तै पूँजीगततर्फ रु पाँच अर्ब ६८ करोड ६ लाखमध्ये रु एक अर्ब ७० करोड ७५ लाख खर्च भएको छ ।

चौमासिक समीक्षा बैठकमा मन्त्री हृदयेश त्रिपाठीले तोकिएको समयमा नै काम सक्न निर्देशन दिए ।
उनले सरकारको नीति, योजनामा रहेर जुन शीर्षकलाई छुट्याइएको बजेट सोही शीर्षकमा खर्च गर्न समेत आग्रह गरे ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालय लिएको लक्ष्य र उद्देश्य पूरा नगर्ने कर्मचारीलाई काम छाड्न आग्रह गरे ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार १२:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।