अर्थमन्त्री डा. युवराज खतिवडाले ‘क’ वर्गका वाणिज्य बैंकहरु जनता बैंक र ग्लोबल आईएमई बैंकबीच मर्जरपछिको एकीकृत कारोबार प्रारम्भ कार्यक्रमको उद्घाटन गरेका छन् ।
दुई बैंकबीच मर्ज भएपछि शुक्रबारबाट एकीकृत कारोबार समेत शुरु भएको छ । मर्जपछि पनि बैंकको नाम भने ग्लोबल आईएमई नै कायम गरिएको छ ।
राजधानी काठमाडौंमा शुक्रबार एक विशेष कार्यक्रम आयोजना गरेर संयुक्त कारोबार प्रारम्भ भएको सम्द्घाटन कार्यक्रमका प्रमुख अतिथि मन्त्री खतिवडा थिए । प्रमुख अतिथि मन्त्री खतिवडाले बैंकका सीईओका तलब बढाएर मात्र बैंकिङ क्षेत्रको विकास नहुने बताए ।
‘हिजोका दिनमा ५० हजार खाएर काम सक्ने सीईओहरु आज लाखौं रुपैयाँ खान थालेपछि बैंकर समृद्ध हुने तर मुलुकलाई फाइदा हुँदैन’ उनले भने, ‘सीईओको तलब विषयमा सोच्नुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाललगायतको उपस्थिति रहेको थियो । सरकारले मर्जमा जाने वित्तीय संस्थालाई प्राेत्सहन गर्ने नीति चालू बजेटमा राखिएपछि बैंक मर्ज हुने क्रम चलिरहेकाे छ ।
















प्रतिक्रिया