Logo

मनोरञ्जन

राज लिम्बुको ‘हेल्लो सोल्टिनी’ भिडियोमा



उदयीमान गायक राज लिम्बुको आवाजमा सजिएको निकै रमाइलो ‘हेल्लो सोल्टिनी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमको भावमा आफनी सोल्टनीको मायामा फसेका राजको गीतमा आफनी प्रेमिकाको व्यावहारबाट निकै प्रभावित भएको विषयलाई गीतमा समेटिएको छ ।

गीतमा प्रेम र रोमान्सलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमिकाको हाउ भाउ र शरीरको बनावटबाट निकै प्रभावित भएको कुरा लाई गीतमा उनले लेखेका छन ।

गीतमा राज लिम्बु स्वयम्को शब्द तथा संगीत रहेको छ । तिलक रिजालको छायाँकन तथा सम्पादन तथा प्रेम भारतीको नृत्य तथा निर्देशन भिडियोमा रहेको छ । ओसन र सौरभको अभिनय रहेको छ ।

हेर्नुस् भिडियाे

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार ०८:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।