उदयीमान गायक राज लिम्बुको आवाजमा सजिएको निकै रमाइलो ‘हेल्लो सोल्टिनी’ गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेमको भावमा आफनी सोल्टनीको मायामा फसेका राजको गीतमा आफनी प्रेमिकाको व्यावहारबाट निकै प्रभावित भएको विषयलाई गीतमा समेटिएको छ ।
गीतमा प्रेम र रोमान्सलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमिकाको हाउ भाउ र शरीरको बनावटबाट निकै प्रभावित भएको कुरा लाई गीतमा उनले लेखेका छन ।
गीतमा राज लिम्बु स्वयम्को शब्द तथा संगीत रहेको छ । तिलक रिजालको छायाँकन तथा सम्पादन तथा प्रेम भारतीको नृत्य तथा निर्देशन भिडियोमा रहेको छ । ओसन र सौरभको अभिनय रहेको छ ।
हेर्नुस् भिडियाे





















प्रतिक्रिया