Logo

समाचार

रिचार्ज गर्दा पिन नम्बर मेटियो ? यसो गर्नुहोस



नेपाल टेलिकमले रिचार्ज कार्डमा नम्बर मेटिएर कम्तीमा ६ वटा नम्बर मात्रै रहे पनि रिचार्ज गर्न सकिने जनाएकाे छ ।

यसका लागि ग्राहकले पहिलो चरणमा टेलीकमको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सक्नेछन् ।

कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनु पर्छ ।

यसका लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा सिधै http://pinrecovery.ntc.net.np/ मा लग अन गर्नुपर्छ ।
रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ ।

यसरी देखिने पिन नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नुपर्छ र मेटिएको अंकमा ‘८’ चिन्ह राख्नुपर्छ ।

जस्तो कि पिन नम्बरको फम्र्याट १२३४५६७८९०१२३४५६ छ र बीच बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १८८४५८७८८८१२८८५८ संरचना बमोजिम राख्नुपर्छ ।

यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ । यो भन्दा बढी पटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने सफल हने छैन ।

वेबसाइटबाटै ग्राहकले आफै रिचार्ज गर्ने व्यवस्थाले सेवाग्राहीलाई सहज हुने टेलिकमले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २ पुष २०७६, बुधबार ११:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।