निर्मला खडायत
कैलाली भन्सार कार्यालयले पहिलो चौमासिकमा लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको छैन ।
श्रावण, भाद्र, असोज र कात्र्तिकमा कुनै पनि कार्यालयले तोकिएको लक्ष्य भेटाउन नसकेका हुन् ।
चालु आर्थिक वर्षमा कैलाली भन्सार कार्यालयले पहिलो चौमासिकमा तोकिएको लक्ष्यको ६८.७८ प्रतिशत राजश्व मात्रै संकलन गरेको छ ।
भन्सार कार्यालयले चालु आर्थिक वर्षको हाल सम्म १ अर्व ६० करोड ८७लाख राजश्व संकलन गरेको हो ।
यो कुल लक्ष्यको २४ प्रतिशत हुन आउँछ । हालसम्म भन्सार कार्यालयले कुनै पनि महिनामा लक्ष्य भेटाउन नसकेको भन्सार अधिकृत प्रमानन्द जोशीले बताए ।
















प्रतिक्रिया