Logo

अर्थ

जुम्ली स्याउले मूल्य नपाएको किसानको गुनासो



“यो वर्ष पनि स्याउले राम्रो मूल्य पाएन, कति त कुहिएरै सकिए, वर्षभरि दुःख गरी उत्पादन गरेको स्याउ बजार मूल्य नपाउँदा निकै सास्ती भोग्नुपरेको पातारासी गाउँपालिकाका किसान रमा भण्डारीको गुनासो छ।

स्याउले मूल्य नपाउँदा करोडौँको लगानी बालुवामा पानी भएको उहाँको दुखेसो छ ।

“सरोकारवालाले किसानका समस्या कहिले बुझ्ने, स्याउ सुपरजोनको काम के हो?”उनले भनिन् । विचौलियाका कारण वास्तविक किसान ठगिएको भनाइ छ ।
यस्तै तातोपानी गाउँपालिका-७ का स्याउ कृषक मुनबहादुर कुँवरले बजारीकरणको अभावमा स्याउका लागि प्रसिद्ध जुम्लाकै कृषक स्याउ खेतीमा हतोत्साहित भएका र किसानले बोटबाट स्याउ टिपेर बिक्रीका लागि भौँतारिनुपरेको बताए ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार ०९:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।