अबदेखी नेपाल टेलिकमको वेबसाइटबाटै व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।
थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरु पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेको थियो ।
अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको तेलिकमद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
टेलिकमले आफ्नोे वेब पेजमार्फत पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली (PSTN Enquiry System) सञ्चालनमा ल्याइएको हो ।
यसका लागि कम्पनीको वेबसाइट https://www.ntc.net.np/pstn मा लगअन गर्नुपर्ने छ ।
त्यसपछि त्यहाँ दिइएको Telephone Enquiry मा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिन्छ ।
व्यक्तिगत ग्राहक (Individual Customer) को हकमा व्यक्तिको नाम ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ ।
त्यसैगरी संस्थागत ग्राहक (Corporate Customer) को हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिने जनाइएको छ ।
विगतको वेब इन्क्वायरी सिष्टमलाई परिमार्जन गरी नयाँ वेब सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।





















प्रतिक्रिया