लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखरामा जारी १६ औँ लेखनाथ महोत्सवमा सोमबार रत्यौली, मारुनीलगायतका परम्परागत संस्कृतिमा आधारित नृत्य प्रस्तुत गरिएको छ ।
महोत्सवमा विभिन्न विद्यालयका तर्फबाट विद्यार्थीका प्रस्तुतिका साथै विभिन्न आमा समूहले प्राचीन मौलिकतामा आधारित प्रस्तुति देखाएका थिए ।
विद्यालयस्तरीय नृत्यअन्तर्गत लिटल फ्लावर एजुकेशनल एकेडेमी पोखरा–२७ रिट्ठेपानीद्वारा प्रस्तुत परम्परागत ‘पैसा झारे मारुनी’ अन्तर्गतको वारि तुवाँलो, पारि तुवाँलो बोलको गीतको नृत्यले महोत्सवस्थलको माहौल तताएको थियो ।
रासस





















प्रतिक्रिया