सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले कर छली, कर्जा अपचलन र हुन्डीमा संलग्न एक दर्जन व्यवसायी र बंैकका सीईओमाथि अनुसन्धान थालेको छ ।
कर छली, कर्जा अपचलन र हुन्डी मार्फत पुँजी पलायन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको हो । विभागले उनिहरुसंग कारोबार गर्ने अन्य व्यवसायीमाथि पनि निगरानी बढाएको छ ।
विभागका महानिर्देशक रुपनारायण भट्टराईले अनुसन्धान नियमित प्रक्रिया भएको बताए । विभागले विभिन्न उजुरी शंकास्पद गतिविधिका आधारमा उनीहरुमाथि अनुसन्धान गरीरहेको जनाएको छ ।
विगतमा पनामा पेपर्स, स्विस लिक्समा केही नेपाली व्यापारीमेतको नाम सार्वजनीक भएको थीयो । विभागले सम्बनिधत देशसंग कानुनी सहायता सम्झौता अभावले अनुसन्धान अवरोध भएको बताउदै आएको थियो । स्विस बंैकमा मात्रै नेपालीको ३७ अर्ब रुपैयाँ भन्दा बढि रहेको सार्वजनिक भएको थीयो ।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
















प्रतिक्रिया