बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको चलचित्र मेरो दिल छ पोखरामा र चलचित्र लवजोनलाई पिजि सर्टिफिकेट प्राप्त भएको छ ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको नेपाली कथानक चलचित्र लवजोन र मेरो दिल छ पोखरामा को सञ्चार मन्त्रालयमा सेन्सर भएको छ ।
दुबै चलचित्र लाई पिजि सर्टिफिकेट दिएको छ । लवजोन चलचित्रमा ओम कार्कीको निर्माण सावर अधिकारीको सह निर्माण अनि मेरो दिल छ पोखरामा लाई राम महर्जन, क्रेजा महर्जन र सावर अधिकारीकोे निर्माण रहेको छ ।
त्यस्तै चलचित्र लवजोनमा बिक्र्म कार्कीको छायांकन, देव महर्जनको द्वन्द ,राजन महर्जन र सुरेश पान्डेको नृत्य र बिश्वास भण्डारीको सम्पादन रहेको छ ।
लवजोनमा बिक्रम कार्की, प्रेरणा बोहरा, राजु श्रेष्ठ, तृष्णा खड्का, राजन श्रेष्ठ ,डिबि लामा, राजन महर्जन रुबि थापा र बाल कलाकार रचना कार्की को अभिनय रहेको छ ।
मेरो दिल छ पोखरामा रामकृष्ण कडेलको छायांकन, देव महर्जनको द्वन्द, राजन महर्जनको नृत्य बिश्वास भण्डारीको सम्पादन रहेको छ भने राजु पौड्याल, रन्जु रन्जना रोशन बिसि, गंगा कुवँर, लक्ष्मी श्रेष्ठ, हेमलता घिमिरे र राजन महर्जन को अभिनय रहेको छ ।





















प्रतिक्रिया