Logo

प्रमुख समाचार

नेकपाको निर्णय : प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने



सत्तारूढ नेकपाले प्रदेश ३ को नाम र राजधानीको निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवासी बालुवाटारमा सबेको सचिवालय बैडकले प्रदेश ३ को नाम वाग्मती र राजधानी मकवानपुरको हेटौंडा कायम गर्ने निर्णय गरेको बताएको छ ।

सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ अहिलेसम्म प्रदेशको नाम र राजधानीको बारेमा निर्णय हुन सकेको थिएन ।

यसअघि प्रदेशको नाम वाग्मती, नेपाल मण्डल र नेवा ताम्सालिङ कुन राख्ने भन्नेमा नेकपा भित्रै कुरा मिलेको थिएन ।

राजधानी पनि हेटौंडा, काभ्रे र भक्तपुरमध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन ।
प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ ।

प्रकाशित मिति : १३ पुष २०७६, आईतवार ०६:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।