चीनको ग्वान्जोमा आयोजित ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधि अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् ।
उनले प्रतियोगीतामा सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि हात परेकी हुन् ।
सोमबार अर्थात डिसेम्बर ३० मा ग्वान्जो नान्सा जिम्नाजियममा सम्पन्न यो प्रतियोगिता ‘मिसेस् युनिभर्स’ ४२औं संस्करण हो ।
प्रतियोगिता ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागीता रहेको थियो ।
उनलाई ईप्लानेट प्रा.लिले ‘मिसेस् नेपाल युनिभर्स २०१९’ उपाधिका साथ उक्त प्रतियोगितामा पठाएको थियो । प्रतियोगितामा शिर्ष उपाधि भने म्यानमारले जितेको थियो ।
एक दशक भन्दा लामो समय प्याजेन्ट क्षेत्रमा बिताइसकेकी अनिलाले थुप्रै सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफरका रुपमा काम गरिसकेकी छिन् ।





















प्रतिक्रिया