Logo

प्रमुख समाचार

शिलास्माले जितिन मिसेज टुरिजम एम्बेस्डर वर्ल्ड २०२० को उपाधी



मलेशियाको राजधानी क्वालालम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेज टुरिजम एम्बेस्डर वर्ल्ड २०२० को फाईनलमा नेपाली चेली शिलास्मा हमाल मल्लले उपाधी जितेकी छिन ।

२१ देशका महिलाहरु यो प्रतियोगितामा सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्मा मिसेज टुरिजम एम्बेस्डर वर्ल्ड २०२० को उपाधी हात पारेकी हुन । विभिन्न चरणपछि फाइनलमा पुगेकी शिलास्माले अन्तत आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्दै उपाधी हात पारेकी हुन ।

नेपालबाट प्रतियोगिताको लागि मोडल तथा मिसेज टुरिजम एम्बेस्डर बिजेता शिलास्माले प्रतिनिधित्व गरेकी थिइन ।

एशिया, युरोप, अफ्रिका अन्तरगतका देशहरुबाट २१ जना महिलाहरुले प्रतियोगितामा सहभागीता जनाएका थिए ।

प्रकाशित मिति : २० पुष २०७६, आईतवार ०४:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।