मलेशियाको राजधानी क्वालालम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेज टुरिजम एम्बेस्डर वर्ल्ड २०२० को फाईनलमा नेपाली चेली शिलास्मा हमाल मल्लले उपाधी जितेकी छिन ।
२१ देशका महिलाहरु यो प्रतियोगितामा सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्मा मिसेज टुरिजम एम्बेस्डर वर्ल्ड २०२० को उपाधी हात पारेकी हुन । विभिन्न चरणपछि फाइनलमा पुगेकी शिलास्माले अन्तत आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्दै उपाधी हात पारेकी हुन ।
नेपालबाट प्रतियोगिताको लागि मोडल तथा मिसेज टुरिजम एम्बेस्डर बिजेता शिलास्माले प्रतिनिधित्व गरेकी थिइन ।
एशिया, युरोप, अफ्रिका अन्तरगतका देशहरुबाट २१ जना महिलाहरुले प्रतियोगितामा सहभागीता जनाएका थिए ।





















प्रतिक्रिया