सुजाता अम्गाईं !
सरकारी गाडीभित्र झाडी हो या झाडीभित्र सरकारी गाडी यो प्रश्न चल्ला र अण्डा कुन पहिला भने झैं देखिन्छ । यो दृश्य सरकारी कार्यालय हाताभित्रको हो । सरकारी कार्यालय बाहुल्य रहेको हरिहरभवनस्थित पुल्चोकमा जताततै यो दृश्यले तपाईंको आँखा तान्छ । प्रत्येक वर्ष अरबौंका सरकारी गाडी खरिद गर्न सहज रहेको विधि प्रक्रिया पुराना गाडीको व्यवस्थापनमा किन मौन छ ? यो प्रश्न दशकौं देखि पेचिलो बनेपनि त्यसको चित्तबुझ्दो उत्तर पाइँदैन ।
पुराना गाडी मर्मत सम्भार गरेर चलाउँदा भन्दा नयाँ किन्दा कमिसन बढी पाइने भएका कारण गाडी खरिदमा प्रशासकको ध्यान जाने गरेको अध्ययन प्रतिवेदनले देखाएका छन् । यो सरकाले तिरेको राजश्वको दुरुपयोग त हुँदै हो, त्यसमाथि आफू काम गर्ने कार्यालयको हातामा यस्ता फोहोर राखेर बस्न सक्ने जाँगर कसरी आउँछ ?
पुल्चोक मात्र हैन, देशको प्रशासनिक मुख्यालय सिंहदबार पनि यस्तै रोगबाट ग्रस्त छ । पुराना गाडीमा आँखा नलगाउने नेता र प्रशासकको शोखका कारण सिंहदरबार ग्यारेज बन्ने रोग अझै छ । पुराना गाडीको व्यवस्थापन र नयाँ गाडीको सदुपयोग कहिले हो ? प्रश्न अनुत्तरित छ ।



























प्रतिक्रिया