Logo

प्रमुख समाचार

डार्क सर्कलले चिन्तित हुनुहुन्छ ? यी उपायहरु अपनाउनुहोस्



पर्याप्त मात्रामा निन्द्राको कमि,कामको चाप र अत्याधिक तनावका कारण आँखामा डार्क सर्कल (कालो घेरा) देखा पर्छ, जसले जसले हाम्रो सौन्दर्यमा ह्रास ल्याइदिन्छ । केही खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ । खासगरी भिटामिनको कारणले आँखावरिपरि डार्क सर्कल देखा पर्छ ।

अब जानौँ डार्क सर्कल हटाउने केही उपाय:

१. भिटामिन ‘ए’युक्त खानेकुरा जस्तै–फर्सी, माकेको मेवा, आँप, हरियो सागपात, आदी खानुपर्छ । जसले छालाको रिपेयरिङ र टाइछानिङमा मद्दत गर्छ ।

२. भिटामिन ‘सी’ले दिमागमा सेराटेनिन नामक रसायन उत्पादन गर्दछ । जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल विस्तारै हट्दै जान्छ ।

३. अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउ आदि जस्ता भिटामिन ‘के’ युक्त खानेकुराको सेवनले डार्क सर्कल कम गर्छ ।

४. आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।

५. कागती रटमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ ।

६. सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा मिलाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमसः हराएर जान्छ ।

७. भिटामिन ‘ई’क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत डार्क सर्कलबाट राहत पाउन सकिन्छ । पत्रपत्रिकाबाट

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार ०८:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।