डडेल्धुरामा कञ्चनपुरका एक युवक मृत फेला परेका छन् । जिल्लाकोे परशुराम नगरपालिका–५ परिगाँउ संगमटोलमा भीमदत्त नगरपालिका–१० कञ्चनपुरका २८ वर्षीय दिपक गिरी मृत फेला परेका हुन् ।
परशुराम मेला हेर्न आएका उनी पौष २९को राति २ पटक बेहोस भएका थिए । सामान्य अवस्थामा फर्केपछि उनलाई राति नै स्थानीय अम्मर नाथको घरमा सुताइएको थियो । तर, बिहान अबेर सम्म नउठेका उनलाई ब्युझाउन जाँदा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरिक्षक जनकबहादुर मल्लले जानकारी दिए ।
यस्तै डडेल्धुरामा मोटरसाइकल लुट्न खोज्ने कञ्चनपुरका एक युवक पक्राउ परेका छन् । जिल्लाको परशुराम नगरपालिका–५ परिगाँउमा परशुराम मेला भर्न गएका एक दर्शनार्थीको माटसाइकल लुट्न खोज्ने अरुण नायकलाई पक्राउ गरिएको हो ।
परशुराम नगरपालिका–१० सालघाडीका शेरबहादुर कुँवरको म२प ९४०६ नम्बरको मोटरसाइकल लुट्ने १८ वर्षीय नायकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।





















प्रतिक्रिया