Logo

मनोरञ्जन

‘गंगुबाई कठियावाडी’ मा आलिया बनिन् ‘माफिया क्विन’



बलिउड निर्देशक सञ्जय लीला भन्साली आफ्नो नयाँ फिल्म ‘गंगुबाई कठियावाडी’ लिएर दर्शकमाझ आउन लागेका छन् । यो फिल्मको लिड रोलमा आलिया भट्ट छिन् । छायांकनको सुरुवातदेखि नै दर्शक यो फिल्मको प्रतिक्षमा छन् । निर्माता निर्देशकले फिल्म गंगुबाई कठियावाडीको फस्ट लुक रिलिज गरेका छन् ।

फिल्मको फस्ट लुकमा आलिया ‘माफिया क्विन’ को अवतारमा देखिएकी छिन् । पोस्टरमा आलिया रातो बिन्दी र महाराष्ट्रियन नोजरिङमा देखिएकी छिन् । फिल्मको अर्को पोस्टरमा आलिया ‘डी ग्ल्याम’ अवतारमा छिन् । सिउँदो पारेर बाटेको कपाल, हातमा चुरा र बाक्लो गाजल लगाएकी आलिया निकै सुन्दर देखिएकी छिन् ।

फिल्मको कथा सन् १९६० को दशकको हो । यो फिल्म पहिलो पटक कमाथिपुरा ब्राथलकी पावरफुल यौन कर्मीले हेर्ने भएका छन् । फिल्मको कथा हुसैन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बइ’ मा आधारित छ । फिल्ममा अजय देवगन विशेष भुमिकामा देखिने छन् । अजयको रोल निके रोचक छ । गंगुबाई कठियावाडी ११ सेप्टेम्बर २०२० मा रिलिज हुनेछ । एजेन्सी

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार १०:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।